राजविराज, १२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज फेला परेको प्रेसरकुकर बम निष्क्रिय पारिएको छ ।
कृष्णगण दल राजविराजका सहसेनानी आशिष तामाङ नेतृत्वमा गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिपट्टि प्रेसरकुकर बम फेला परेको थियो ।
सप्तरीका डीएसपी दानबहादुर कार्कीका अनुसार बम निष्क्रिय गर्दा छर्राले लागेर सेनाका एक जवान र नेपाल प्रहरीका तीनजना सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइते हुनेहरुमा नेपाल प्रहरीका हब्लदार कणीबहादुर बिक,जवानद्वय राजेश तामाङ र बिनोद राजबंसी तथा नेपाली सेनाका जवान चन्द्रप्रकाश गुरुङ रहेका छन् ।
यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)ले उक्त बम राखेको जिम्मा लिएको छ । रासस













प्रतिक्रिया