१ कार्तिक २०८३, आइतबार

विसकन्सिनको प्रदर्शनमा हिलारी सहभागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hilari-clinton-sad

वासिङटन, १२ मङ्सिर । अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटको तर्फबाट उम्मेदबार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गदै भएको प्रदर्शनमा सहभागिता जनाउनु भएको छ ।

“हामीलाई यो अत्यावश्यक लागेको छ, कानुनी व्यवस्था हेर्दा पनि यो गर्न मिल्ने देखिन्छ,” क्लिनटनका वकिल मार्क एलिसले एक वक्तव्य जारी गरी बताउनुभएको छ ।

पुन मतगणनाको गणनाको निर्णयमा पु¥याउन दवाव स्वरुप अभियान चलाइएको र मत गणना पुनः हुनेमा क्लिन्टन समूह विश्वस्त देखिएको छ ।

ग्रीन पार्टीका उम्मेदबार जिल स्टेनले गत शुक्रबार मत फेरी गणना गर्न माग गर्दै निवेदन दर्ता गर्नुभएको थियो । त्यही माग गर्दै स्टेनले गराएको प्रदर्शनमा क्निटन सहभागी हुनु भएको हो ।

राष्ट्रपतीय निर्वाचनमा निकै कम मतान्तर रहेका तीन ओटा राज्यमा पुनः मत गणना गर्न माग गरिएको छ ।

क्लिनटनले नतिजा उल्ट्याएर डोनाल्ड ट्रम्पलाई ह्वाईट हाउस जानबाट रोक्न भने धेरै नै ‘इलेट्रोरल’ भोटको आवश्यकता पर्दछ । – सिन्ह्वा