
राजविराज, १२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ ।
प्रजिअ बलदेव गौतम बस्ने कार्यालय अगाडि झोलामा राखिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । बम निष्क्रिय गर्न कृष्णगण दल राजविराजबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पुगेका छन् ।
सो पदार्थ किन र कसले राखेको भन्नेबारे हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । रासस












प्रतिक्रिया