काठमाडौं, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि संसदीय दलको नेता चयन गर्न आइतबार सिंहदरबारमा बसेको राप्रपाको संसदीय दलको बैठकले थापालाई दलको नेता चुनेको हो ।
बैठकले संसदीय दलको उपनेतामा दीपक बोहोरालाई चुनेको छ । कमल थापा यसअघि राप्रपा नेपालका संसदीय दलका नेता थिए ।













प्रतिक्रिया