१९ कार्तिक २०८३, बिहिबार

रुकुममा प्रहरी हवल्दार तथा जवानका लागि अनुशिक्षण तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police

– अमरराज पुन

रुकुम, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय रुकुम र मातहतमा रहेका प्रहरी हवल्दार एवम् जवानका लागि आजबाट अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम मुसिकोट रुकुममा सुरु गरिएको छ ।

विभागिय नीति अनुरुप राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्य तालिका अनुसार नै रुकुममा सुरु गरिएको अनुशिक्षण तालिमको प्रथम चरणमा ३६ जना प्रहरी प्रशिक्षार्थिले भाग लिएका छन् । जस अन्र्तगत तालिमममा सहभागी मध्ये ५ प्रहरी हवल्दार र ३१ प्रहरी जवान रहेका छन् ।

तीन चरणमा दिईने अनुशिक्षण तालिममा १ सय ८ जना प्रहरी हवल्दार तथा जवानहरुलाई सहभागी गराईने लक्ष्य राखिएको रुकुम प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिनुभयो । ६ दिन सम्म संचालन गरिने अनुशिक्षण तालिम प्रशिक्षणका लागि भने राष्«िय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम प्राप्त २ जना प्रहरी प्रशिक्षकको उपस्थिति रहेको छ ।

अनुशिक्षण तालिममा आन्तरिक र बाह्यतर्फ अपराधको परिचय, अपराध नियन्त्रणका विभिन्न उपायहरु, खबर संकलन र चेकजाँच सम्बन्धीका विषयवस्तुहरु राखिएको छ । त्यस्तै घटना स्थलको सुरक्षा, मुचुल्का, जाहेरी दरखास्त, लागु औषध तथा वन्यजन्तु लगायतका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कक्षा समेत अनुशिक्षण तालिममा समेटिएको छ । मंसिर १७ गते सम्म संचालन गरिने पहिलो चरणको उक्त तालिमको अन्त्यमा सहभागि प्रहरी हवल्दार तथा प्रहरी जवान प्रशिक्षार्थिहरुका लागि लिखीत परीक्षा समेत लिईने बताईएको छ ।

लिखीत परिक्षाको आधारमा प्राप्त अंक बाट नै श्रेणी सहितको प्रमाण–पत्र सहभागि प्रशिक्षार्थीहरुलाई प्रदान गरिने भएको छ । पहिलो चरणको अनुशिक्षण तालिम सकिए लगत्तै २ दिनपछि पुनः दोस्रो चरणको तालिम सुरु गरिने र तेस्रो चरणको तालिम भने पुस महिनामा संचालन गरिने जानकारी दिईएको छ ।