३ कार्तिक २०८३, मंगलबार

पुल बनेपछि सीमावर्ती गाउँमा खुसियाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakki Pul Bridgeभीमदत्तनगर, १२ मंसिर । पश्चिमको नेपाल–भारत सीमासँग जोडिएको महाकालीपारिको दोधाराचाँदनी नगरपालिका–८ सुन्दरनगर जोड्ने जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयवासीमा सहजताका साथै खुसियाली छाएको छ ।

गत भदौदेखि जोगबुढा नदीमा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि यहाँकै दुर्गमबस्तीमा पर्ने सुन्दरनगरवासी सहज रुपमा सदरमुकाम भीमदत्तनगरका साथै देशका अन्य भूभाग आउन जान सक्ने भएका छन् ।

“झन्डै चार दशक हामीले जोगबुढा नदीमा किस्तीकै यात्रा ग¥यौँ ।” सुन्दरनगरका स्थानीयवासी सरिता पुनले रासससँग भन्नुभयो – “यहाँ राज्यको उपस्थिति भनेको प्राथमिकस्तरको विद्यालय र एउटा पुलमात्रै हो ।” विसं २०२४ मा बस्ती बसेको सुन्दरनगरमा झन्डै ३०० परिवार बस्दै आएका छन् ।

“पहिले त गाउँमा शिक्षा, स्वास्थ्य सडक, बिजुलीलगायतका विविधखाले समस्या थिए ।” सरिताले भन्नुभयो – “पुल बनेर हिँडडुल गर्न सहज भएपछि ठूलै सफलता मिलेजस्तो भएको छ ।” पुल बन्नुअघि गाउँमा माविस्तरको विद्यालय नहुँदा विद्यार्थी जोगबुढावारिको विद्यालयमा किस्तीको सहारामा अध्ययनका लागि आउँथे ।

त्यसैगरी गाउँकै अर्का समाजसेवी हरिशङ्कर रोकायामगर झोलुङ्गे पुल बनेपछि गाउँमा रौनक थपिएको बताउँछन् । फुर्सदमा ज्यालादारीदेखि दैनिक उपभोग्य सामानका लागि सुन्दरनगरवासीले सीमावर्ती भारतीय बजारको भरमा पर्नुपर्छ । रासस