३ कार्तिक २०८३, मंगलबार

डोजर ल्याउन चीनद्वारा अनुमति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dozer

ताप्लेजुङ, ११ मङ्सिर । चीन सरकारले ताप्लेजुङको ओलाङ्चुुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ ।

तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा सडक खन्न अनुमति दिएको हो । सो अनुमतिसँगै उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्यले गति लिने सम्भावना बढेको छ ।

यसअघि टिपतालापाससम्मको भागमा सडकको ट्र्याक खोल्ने तयारी गरे पनि चीनको अनुमति नहुँदा काम अघि बढ्न सकेको थिएन । चीनले गत मङ्सिर २ गते आफ्नो भूमि हुँदै डोजर ल्याउन अनुमति प्रदान गरेको सांसद डम्बरध्वज तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

ओलाङ्चुुङ्गोलाबाट टिपतालापाससम्मको दूरी करिब २२ किलोमिटर रहेको छ । अहिले चीनले रिउ बजार हुँदै टिपतालापाससम्मको दशगजा क्षेत्रमा सडकको ट्र्याक खोलेर यातायात सञ्चालन गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गुणस्तर तथा वैदेशिक सहयोग महाशाखाले केही समयअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै टिपतालापास हुँदै नेपाली भूमितर्फ डोजर तथा औजार भित्र्याउने प्रक्रियाका लागि चिनियाँ राजदूतावासलाई पहल गरिदिन अनुरोध गरेको थियो । रासस