काठमाडौं, ११ मंसिर । कञ्चनपुरको कृष्णपुर-२ वाणीस्थित ग्वालाबारी सामुदायिक वनको अध्यक्षमा बलराम पन्त सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
२०६८-७० सम्म पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका पन्तलाई शनिबार वनको उपभोक्ता भेलाले दोस्रोपटक सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
त्यसअवसरमा पन्तलाई सामुदायिक वन समन्वयन समिति कञ्चनपुरका अध्यक्ष महेश जोशीले टिका लगाएर बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
पहिलो कार्यकालमा वन उपभोक्ताहरुको सुविधाका लागि बाटोहरु ग्राइभिल, ब्रह्मभकेश्वर महादेव मन्दिर निर्माण, उपाभोक्तालाई ५ वटा टोलमा विभाजन गरी बाटोहरु निर्माण, कार्यालय व्यवस्थापन, लोपन्मुख विजयसारको नर्सरी बनाएर वृक्षारोपण, अमला तथा घाँसका बोटहरु विरुवा प्रत्येक उपभोक्तालाई निःशुल्क वितरण गरेर वन संरक्षण तथा हरियाली बनाउने अभियानमा योगदान गरेका उहाँले दोस्रो कार्यकालमा पनि थुप्रै कार्यहरु गर्ने बताउनुभयो ।
अध्यक्ष निर्वाचित भएपछि पन्तले आफ्नो पहिलो काम वातावरणीय टेलिभिजन खोल्ने हुने बताउनुभयो । ‘वन सरक्षणका लागि उपभोक्ता सचेत हुनु जरुरी छ । त्यसका लागि प्रचाप्रसार आवश्यक पर्छ । मेरो पहिलो काम भनेको वातावरणीय टिभी सञ्चालनमा ल्याउने हुनेछ,’ उहाँले भन्नुभयो- ‘प्राकृतिक सम्पदाहरु संरक्षण कसरी गर्ने र वनसम्बन्धी अन्य विविध गतिविधिहरु पारदर्शीताका लागि सबै समुदायिक वनहरुसँग समन्वय गरी टेलिभिजन खोल्छु ।’ यसका अलावा वनको क्षेत्र विस्तार पनि आफ्नो प्राथमिकतामा रहेको पन्तको भनाई छ ।
२०६१ सालमा स्थापना भएको ग्वालाबारी वनमा ५ सय ४० जना उपभोक्ता छन् ।












प्रतिक्रिया