१९ कार्तिक २०८३, बिहिबार

नेपाली कांग्रेसका युवा नेता नयाँ शक्तिमा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sumanभक्तपुर, ११ मंसिर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता सुमन बाँनिया नेपाली कांग्रेस परित्याग गरी नयाँ शक्ति पार्टी नेपालमा समाहित भएका छन् ।

उनले नेपाली कांग्रेस जनताको भावना अनुसार चल्न नसकेको, राष्ट्रहितमा बाटोमा अग्रसर भएको र केही पैसावाल टाठा बाठाहरुको नियन्त्रणमा गएकोले सो पार्टी परित्याग गर्नु परेको बताए । आर्थिक सम्बृद्धि प्रमुख नारा बोकेर देशका प्रबुद्ध व्यक्ति समेटेर अगाडि आएको नयाँ शक्तिमा प्रवेश गरेको बताएका छन् ।

भक्तपुरमा नेपाली कांग्रेस परित्याग गरी नयाँ शक्तिमा समाहित हुने लहर नै चलेको छ । अशोक ढुंगेल, नारायणकृष्ण थापा, दिपेश न्यौपाने लगायतका कांग्रेसी नेताहरु नयाँ शक्ति भक्तपुरमा प्रभावशाली नेताको रुपमा स्थापित भई सकेका छन् ।

इमान्दार तर कुनै पनि राजनीतिक भूमिकाबाट बन्चित गराईएका सबै पार्टीका नेता कार्यकर्तासंग नयाँ राजनीतिक माहोल निर्माण गर्न प्रयास भईरहेको नयाँ शक्ति नेपालका नेता निर्मल भट्टराईले बताए ।