काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा महासेठले सरकारले संशोधनको नाममा हल्ला र प्रोपागाण्डा फैलाएको आरोप लगाए । उनले थपे, ‘यो सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनको लागि होइन, त्यतिकै हल्ला र प्रापागाण्डा फैलाइरहेको छ, अन्तिममा आएर एमालेको कारणले वा एमालेले मानेन भन्छ अनि यही बहाना बनाउँछ ।’
नेता महासेठले अहिले संविधान संशोधन आवश्यकै नभएको समेत स्पष्ट पारे । उनले संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयन आवश्यक भएको जिकिर गरे ।
उनले नागरिकताको सवाललाई लिएर कडा प्रतिक्रिया पनि दिएका छन् । ‘अहिलेको संविधानमा उल्लेख भएको नागरिकताको प्रावधान संशोधन गर्नेपर्दैन्’, एमाले नेता महासेठले भने, ‘अंगीकृत नागरिकताको विषलाई तराई मधेसमा झन् कडा बनाउनुपर्छ ।’
उनले सीमाङ्कनको विवाद समाधानको लागि प्रदेशहरू काँटछाँट गर्ने कुरा पनि अमान्य रहेको बताए । उनले भने, ‘५ नम्बर प्रदेशमात्रै तलमाथि गर्न हुँदैन’, महासेठले भने, ‘सिङ्गो ७ प्रदेश नै अवैज्ञानिक छ ।’












प्रतिक्रिया