१ कार्तिक २०८३, आइतबार

भियतनाममा एक करोड बीसलाख सिमकार्ड किन निष्क्रिय पारिँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sim-cardहानोई, १० मंसिर । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ ।

केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ ।

यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो ।

सिमकार्ड व्यबसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोही लाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ ।

यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एककरोड बीसलाख सिमकार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो ।

सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । – सिन्ह्वा