३ कार्तिक २०८३, मंगलबार

उपत्यकाका भूकम्पपीडितलाई अनुदान वितरण गर्ने बैंकको टुङ्गो लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

punanirman-pradhikaranकाठमाडौं, १० मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ ।

जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइनेछ ।

उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही दिनअघि नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसियसनसँग छलफल गरेको थियो ।

यसअघि उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणका लागि प्राधिकरण र तीनवटा बैंकर्स एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले सोही अनुसार अघि बढ्न बैंकर्स एशोसियसनहरुलाई आग्रह गरेको छ ।