१९ कार्तिक २०८३, बिहिबार

चित्रबहादुर केसी घर फिर्ता, भीम रावलले भेटे

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bhadur-kc-hospital

काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज साँझ अस्पतालबाट घर फर्कनुभएको छ ।

बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराउनुभएका पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकका सुझाव अनुसार साँझ घर फर्कनुभएको उहाँका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिनुभयो । नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उहाँको उपचार गरेको थियो ।

यसअघि आज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । रासस