नवलपरासी (कावासोती), ९ मंसिर । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषी धमलाले मध्यविन्दु रेडियोले समाजिक रुपान्तरणको लागी महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जको बार्षिकोत्सवको अवसरमा आयोजना गरीएको विशेष समारोहमा उहाले यस्तो बताएका हुन ।
एक फरक प्रसँगमा उनले नवलपुर क्षेत्रलाइ ४ नम्बर प्रदेशमै राख्नुपर्ने र यसको लागी आफुले प्रत्येक दलका शीर्ष नेताहरुलाइ झक्झकाउने समेत प्रतिबद्धता व्यक्त गरे । सबै दलका स्थानीय नेता तथा कार्यकर्ताहरुको आग्रहपछि पत्रकार धमलाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यसैगरी धमलाले संविधान संशोधन गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाइ पनि समावेश गर्नुपर्ने बताएका छन । उनले अघि थपे, ‘संविधान संशोधनको लागि एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्छ, आजको दिनमा दलहरुवीच सहमति, सहकार्य र एकताको अनिवार्य आवश्यकत्ता छ, सहमतिको राजनीतिक परम्परालाई अघि बढाउनुपर्छ ।
कार्यक्रममा पत्रकार धमलाले चलाएको रेडियो कार्यक्रम अत्यन्तै लोकप्रिय भएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरुले खुलेरै प्रशंसा गरेका थिए । उनीहरुले पत्रकार धमलासँग प्रत्येक दिन रेडियो बहस कार्यक्रममा आफुहरुलाई पनि एक मिनेट समय दिन आग्रह गरेका थिए ।
त्यस्तै धमलाले आजको विश्व सूचनाको आधुनिक रफ्तारमा चलेकोले रेडियोको पहुँच, प्रभाव र विस्तारलाई जनताको घरदैलोसम्म पुर्याउनुपर्नेमा जोड दिँदै त्यसको लागि हालै सञ्चालनमा आएको नेपाली रेडियो नेटवर्कले प्रभावकारी काम गरिरहेको बताए । उनले व्यवसायिक पत्रकारितको लागि सबैले सोच्चुपर्ने भन्दै व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
विशेष अतिथीको रुपमा रहनुभएको नेकपा एमाले नवलपरासीका अध्यक्ष एव पुर्व सभासद रोशन गाहाले स्थनिय तहको विषयमा नवलपुरमा चार नगरपालिका चार गाउपालिका बनाउने सहमति भएको बताएका छन् ।
कावासोतीको होटल दियालोमा भएको बार्षिकोत्सव समारोहमा रिपोर्टस क्लव नेपालका अध्यक्ष एवम् नेपाली रेडियो नेटवर्कका कार्यकारी अध्यक्ष ऋषी धमला प्रमुख अतिथिको रुपमा रहेका थिए ।
समारोहमा नेकपा एमाले नवलपरासीका अध्यक्ष एव पुर्व सभासद रोशन गाहा, इलाका प्रशासन कार्यालय नवलपुरका प्रमुख पिताम्बर घिमिरे, इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक राजेश थापा, नेपाली काग्रेस प्रतिनिधी, बालकृष्ण घिमिरे, मओवादीप्रतिनिधी किसान शर्मा गैरे, महिला संघ केन्द्रीय सदस्य ओमकला गौतम, लोक नाथ लामीछाने, सरस्वती तिमील्सीना, लगएत क्याम्पस प्रमुखहरु, विद्यालय प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधीहरु, विज्ञापन दाताहरु, सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
बि.स. २०६५ साल असोज १४ गतेबाट परिक्षण प्रसारण आरम्भ गरेको रेडियोले सोहि बर्ष मंसिर ८ गते देखि आफ्नाृ नियमित प्रसारण शुभारम्भ गरेको थियो । हरेक बर्ष मंसिर ८ गतेका दिन रेडियोले आफ्नो बार्षिकोत्सव मनाउदैं आएको छ ।
विकासका लागि सञ्चार अभियान भन्ने मुल नाराका साथ स्थापित भएको रेडियो मध्यविन्दुले आठ बर्षको दौंरानमा समाजको चौंतर्फि विकासका लागि आफ्नो भुमिका निर्वाह गर्दे आएको छ ।
समारोहमा रेडियोका उत्कृष्ट कर्मचारीहरुहरु, विज्ञापन दाताहरु, पत्रकार तथा रेडियोका सस्थापकहरुलाइ दोसल्ला ओढाइ समम्मन पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।
रेडियोका महासचीव जगन्नाथ पराजुलीले सचालन गर्नुभएको कार्यक्रममा रेडियो सचालक समीतिका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा भएको थियो ।
आठौं बार्षिकोत्सवको शुभ अबसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पौडेलले अहिले सम्म सहयोग गर्ने सबैं महानुभावहरुलाइृ धन्यवाद ब्यक्त गरेका थिए । उनले आगमाी दिनमा सबैंको साथ सहयोग हौंसला र प्रेरणाको अपेक्षा समेत राखे ।













प्रतिक्रिया