२ कार्तिक २०८३, सोमबार

सिभिल मलले ‘टीभीएस अपाचे दसैंतिहार महोत्सव’का विजेतालाई पुरस्कार बाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tvs-apache-civil-mall-dashain-tihar-mahotsav-2073

काठमाडौं, ९ मंसिर । सिभिल मलले विजया दशमी एवं दीपावली २०७३ को उपलक्ष्यमा आयोजना गरेको प्रवर्द्धनात्मक कार्यक्रम ‘टीभीएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ ।

गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीएस अपाचे प्राप्त गरे भने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरे ।

कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते ।

सिभिल मलमा रु एक हजार भन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुकोे चयन गरिएको थियो ।

कार्यक्रम अवधिमा विभिन्न विजेताहरुले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रयोजन गरेका अनेकौं उपहार प्राप्त गरे ।

सिभिल मलले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।