२ कार्तिक २०८३, सोमबार

रैथाने बाली प्रवर्द्धन गर्न जाउलो प्रदर्शनी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jaulo-bajura

बाजुरा, ९ मंसिर । स्थानीय खाद्य बालीको महत्व बारे जानकारी दिन मार्तडीमा पोषण युक्त जाउलो प्रदर्शनी गरिएको छ । जिल्ला मै उत्पादन हुने बालीबाट बन्ने खाद्य परिकारको महत्व र मानव स्वास्थ्यलाई पुग्ने फाईदा बारे जानकारी दिन जाउलो प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो ।

मानव स्वास्थ्यका लागि अति आवश्यक पोषण युक्त शक्ति पाईने बालीको लोप हुँदै गएकोले त्यसको संरक्षण तथा प्रर्वद्धन गर्नु र पाष्ोण युक्त जाउलो बनाउने तरिका बारे जानकारी दिन जाउलो प्रर्दशनी गरिएको प्राटिकल एक्सन डोटीका कृष्ण तिवारीले बताए । स्थानीय बालीको उत्पादन बढे खाद्य संकट पनि कम हुने देखिन्छ । हाल १५ हजार बढी मेक्टीकटन खाद्यन्न जिल्ला बाहिरबाटै आउने गरेको छ ।

जिल्लामा कोदो, मकै, आलु, फाँपर, जौ, उवा, चिनो, कागुनो आदि खाद्यन्न बालीको उत्पादन हुने गर्छ । तर यहाँका स्थानीयले भातलाई मात्र खाद्यन्नको रुपमा प्रयोग गर्ने गरेका छन् । यो वर्ष मात्र ३१ मेक्टीक्टन कोदो उत्पादन भएको छ । तर त्यो सबै खानाको रुपयो प्रयाग हुदैन् ।

jaulo-bajura-1

स्थानीयले रैथाने बालीको संरक्षणमा ध्यान नै दिएका छैनन् । जसकार कारण रैथाने बालीको लोप हुने संभावना बढ्नुका साथै मानव स्वास्थ्य पनि कमजोर हुँदै गएको पाईएको छ । पोषण शक्ति कम भएका खाद्य सामाग्रीले मानव स्वास्थ्यलाई दिनुपर्ने जति फाईदा नदिएको र स्थानीय बालीको लोप हुने संभावना रहेकोले संरक्षण तथा प्रर्वद्धनका लागि प्रर्दशनी आयोजना गरिएको सुआहारा जिल्ला कार्यक्रम संयोजक पुष्प रावलले बताए ।

कार्यक्रम जिल्ला कृषि विकास कार्यालयको संयोजकमा आयोजना गरिएको हो । बाजुरा कुपोषणको जोखिममा रहेको जिल्ला हो । स्थानीय आग्रनीक खानाको प्रयोग गर्नाले सुत्केरी तथा गर्भवति आमाले आईरन चक्की खानै पर्दैन, प्रयोग नगर्दा मात्र विदेशमा बनेको रसायन युक्त आईरन खानु परेको स्वास्थ्य कर्मीको भनाई छ ।

जिल्ला बाहिरबाट आउने आफ्नै खाद्यन्न प्रति स्थानीय मोह बढेको छ । भातलाई मात्र खानाको रुपमा प्रयोग गर्ने गरेकोले त्यो संस्कारलाई कम गर्न सचेतना मुलक व्यवहारिक प्रर्दशनी मेला आयोजना गरिएको हिक्मतराज उपाध्यायले बताए । हजार दिनका आमा र बच्चा तथा सरोकारवाला निकायलाई उपस्थित गराएर जाउलो पकाउन पूर्व आवश्यक खाद्यन्न बाली, पकाउने तरिका र महत्व बारे जानकारी गराइएको थियो । खुला मञ्चमा आयोजना गरिएका प्रर्दशनी मेलामा स्थानीय चामल, सकरखण्ड कोदो, साग, घिउ, तरकारी आदि सबैको प्रयोगबाट जाउलो बनाइएको थियो ।

प्रर्दशनी मेलाको प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सहीत राजनीतिक दलका नेताहरु, कार्यालय प्रमुख, हजार दिनका आमा लगायतले अवलोकन गरेका थिए । कार्यक्रम जिल्ला कृषि विकास कार्यालय, पोषण तथा खाद्य सुरक्षा परियोजना र सुआहारा कार्यक्रमको सहकार्य र प्राटिकल एक्सनको समन्वय यूरोपीयन यूनियय, युएसएआईडीको सहयोगमा आयोजना गरिएको हो ।

स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलको अध्यक्षतामा सञ्चानल भएको कार्यक्रमको स्वागत मन्तव्य कृषि विकास कार्यालय प्रमुख डा. रामकृष्ण श्रेष्ठ गरेका हुन् । उनले यो सन्देश गाउँ स्तरसम्म लैजानु पर्ने सुझाव दिएका छन् । अवलोकन कर्ताहरुले रैथाने बालीको प्रवद्र्धन र संरक्षण सँगै प्रयोग गर्न प्ररेरित गर्नु पर्ने सुझाव दिएका छन् ।