काठमाडौं, ९ मंसिर । विश्वलाई आश्चर्यमा पार्दै अर्थतन्त्रमा विश्वकै शक्तिशाली राष्ट्र चीनले जमिनमाथि रेल गुडाएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार भर्खरै आकाशे रेलको सफल परीक्षण गरिएको छ । अंग्रेजी नयाँ वर्षदेखि पहिलो पटक सञ्चालनमा ल्याउने तयारी गरिरहेको चीनले झुण्डिने रेल अर्थात् ‘स्काइ रेल’को नोभेम्बर २१ तारिखदेखि यात्रुसहित परीक्षण गरेको हो ।
दक्षिण पश्चिम चीनको सछवान प्रान्तको छङ्गतुको आकाशमा यात्रु सहित झुण्डिने रेल गुडेपछि यसको सबै कार्य पूरा भएको छ । यो चीनको पहिलो झुण्डिने रेल हुनुका साथै वातावरणमैत्री लिथियम ब्याट्रीबाट चल्ने संसारकै पहिलो रेलको रुपमा दर्ता हुनेछ । २३० यात्रु क्षमताको यस रेलको गति ६० किलोमिटर प्रतिघण्टा रहनेछ ।






















प्रतिक्रिया