लन्डन, ९ मंसिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेको कार्यालयमा यौन उत्तेजना जगाउने औषधि भियग्रा रहेको खुलासा भएको छ ।
राष्ट्रपति कार्यालयले यौन उत्तेजना बढाउने औषधी भियग्रा किनेको समाचारमा उल्लेख छ । यो विषयले दक्षिण कोरियामा चर्चाको विषय बनेको छ ।
विपक्षी सांसदले राष्ट्रपति कार्यालयले ३ सय ६० वटा भियग्रा क्याप्सुल किनेको सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर पूर्वी अफ्रिकाको भ्रमणमा कार्यालयका कर्मचारी र राष्ट्रपतिका सहयोगीलाई ‘हाइ अल्टिच्यूड’ बाट बच्न ती भियग्रा किनेको जनाएको छ ।
मे महिनामा राष्ट्रपति हेले युगान्डा, केन्या र इथोपियाको भ्रमण गरेकी थिइन् । कार्यालयका प्रवक्ता जङ योङ कुकले भियग्रा चक्कीको प्रयोग गर्नु नपरेको बताए । – एजेन्सी















प्रतिक्रिया