२ कार्तिक २०८३, सोमबार

मध्यपहाडी लोकमार्गको काम द्रुतगतिमा अघि बढाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmarg

पाँचथर, ८ मङ्सिर । व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग र यस लोकमार्गसँग जोडिएको फिदिम नमुना सहरको काम द्रुतगतिमा अघि बढाउन सुझाव दिएको छ ।

मेची अञ्चलका पहाडी जिल्लाको सडक पूर्वाधार तथा स्थानीय विकास निर्माण आयोजनाको अनुगमन गर्ने क्रममा फिदिम आइपुगेको समितिको टोलीले यस्तो सुझाव दिएको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीले मध्यपहाडी पुष्पलाल लोकमार्गअन्र्तगत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म कालोपत्रे निर्माणका क्रममा भत्किन थालेको भन्दै सडक डिभिजन कार्यालयका प्रमुखलाई राम्रोसँग निगरानी गर्न निर्देशन दिनुभयो ।

यस्तै लोकमार्गले पाँचथर सरदमुकाम फिदिम पनि छुने भएको हुँदा यस क्षेत्रमा सर्वपक्षीय, सर्वदलीय बैठक गरेर गुरुयोजना बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले सडक डिभिजन कार्यालय र विद्युत प्राधिकरणको स्टेसन फिदिममा राख्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ सहरको रुपमा विकसित फिदिम बजार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेको भन्दै यसको गुरुयोजना बनाएर द्रुतरुपमा अघि बढाउन माग गर्नुभयो ।

टोलीले यही मङ्सिर ६ देखि ११ गतेसम्म मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको सडक पूर्वाधारलगायत विकास निर्माण आयोजनाको बारेमा अनुगमन गर्नेछ । रासस