१९ कार्तिक २०८३, बिहिबार

चित्रबहादुर केसीको स्वास्थ्य अवस्था बुझ्न केएमसी पुगे उपप्रम निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhi

काठमाडौँ, ८ मङ्सिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले माइक्रो बस दुर्घटनामा घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अबस्थाबारे आज साँझ जानकारी लिनु भएको छ ।

आज बिहान पार्टीको बैठकमा भाग लिन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गरेको अवस्थामा उहाँ दुर्घटनामा पर्नुभएको थियो । ७६ वर्षीय नेता केसीको टाउकाको पछाडि सामान्य चोट लागेको छ । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नु भएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । रासस