२ कार्तिक २०८३, सोमबार

रामेछापको बिजुलीकोटको कवुलिती वनमा अवैध ढुङ्गा खानी सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhunga-khani-rukum– नवराज श्रेष्ठ

रामेछाप, ८ मंसिर । रामेछापको बिजुलीकोट गाविसमा रहेको कवुलिती वनमा अवैध ढुङ्गा खानि सञ्चालन भैरहेको खुलासा भएको छ ।

बिजुलीकोटको धोवी बजार नजिकैको कवुलिति वनबाट धमामधम ढुङ्गा निकालिएको छ । कवुलियती बनबाट ढुङ्गा निकाली ट्याक्टर सञ्चालकहरुले ढुङ्गा विक्रि गर्ने गरेका छन् ।

वनको साविकको अवस्थामा सुधार गरी त्यसबाट आयआर्जन गर्नको लागि विपन्न समुदायका उपभोक्तालाई कवुलियती वन सरकारले हस्तान्तरण गर्ने गर्दछ । तर, धोवी बजार नजिकैको कवुलियती वनमा भने खानी सञ्चालन गरिएको छ ।

कवुलियति वनबाट बिना अनुमती ढुङ्गा निकालीएको छ । अनुमति विना गैरकानुनी हिसावले खानी सञ्चालन गरिएको छ । गैरकानुनी रुपमा खानि सञ्चालन गर्दा पनि सरोकारवाला भने मौन छ ।

dhunga-khani-rukum-1

धोवी बजारमा नै इलाका वन कार्यालय छ । इलाका वन कार्यालयको आँगनबाट देखिने गरी ढुङ्गा निकालिएको छ । तर वास्ता छैन । वन कार्यालयकै आँगनबाट ढुङ्गा बोकेर ट्रक र ट्याक्टर गुड्छन् तर त्यसमा वन कर्मचारीको कुनै ध्यान पुगेको छैन ।