१ कार्तिक २०८३, आइतबार

नेपाल समेत जोडिएको सम्झौता भुटानको माथिल्लो सदनद्वारा अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhutan-parliament

थिम्पु, ८ मङ्सिर । भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ ।

वातावरणीय प्रदुृषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै भुटानले बङ्गलादेश, भुटान, भारत र नेपालको सहभागीता रहेको बिबिआइएन नामक दिइएको यो सम्झौता माथिल्लो सदनले अस्विकृत गरेको हो ।

भुटानको माथिल्लो सदनमा कुल २५ जना सांसदहरु मध्ये २० जना मात्र उक्त मतदानमा सहभागी रहेका छन् । ती मध्ये पनि दुई जनाले मात्रै सम्झौताको पक्षमा मतदान गरेका थिए, भने १३ जनाले विपक्षमा र पाँच जना भने कतै पनि मतदान गरेका थिएनन् ।

चार देशका नेताले गत सन् २०१५ को जुनमा भुटानको राजधानी थिम्पुमा सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सबै देशले पारित गरेपछि मात्रै सम्झौता लागू हुने व्यवस्था रहेको छ । बङ्गलादेश, भारत र नेपालले यसअघि नै यस सम्झौतालाई अनुमोदन गरिसकेका थिए । यो  प्रस्ताव भारतबाट आएको थियो ।

यदी यो सम्झौता पारित भएको भए, भुटानका नागरिक, यात्रुबहाक सवारी साधन र मालबहाक सवारी साधनहरु यी चारै देशमा आवतजावत गर्न पाउने थिए ।

भुटानको स्थानीय बासिन्दा, ट्रक तथा ट्याक्सी चालक र आलोचकहरुले सरकारको यो सम्झौताको विरोध गर्दै आइरहेका छन् । – सिन्ह्वा