१ कार्तिक २०८३, आइतबार

समुन्द्रको किनारमा नायिका पूजा शर्माको यो अवतार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pooja-sharmaकाठमाडौं । बुढापाकाले अहिले पनि भन्ने गर्छन्, ‘किन राम्रो गरेर चर्चामा आउ, कि नराम्रो गरेर चर्चामा आउ, गुमनाम नबस’ । आजकाल जताततै नायिका पूजा शर्माको हालत कताकता यसै उखानसँग नजिक हुन पुगेको छ ।

‘प्रेमगीत’ नामक फिल्ममा अभिनय गरेपछि एकाएक चर्चामा आएकी पूजाले अहिले विदेश पुगेर आफ्ना बोल्ड तस्बिर खिचाएर चर्चित हुन पुगेकी हुन् । बिकिनी अवतारमा फोटोसेसन गरेर पूजाको चर्चा चुलिएको हो । पूलो बैंककमा केही दिन पहिले बिकिनीमा थुप्रै तस्बिरहरू शूट गराएकी छिन् ।

बैंककको समुन्द्री किनारमा पूजाले बिकिनीमा फोटो खिचाइन् अनि फेसबुकमा सेयर गरिन् । ती तस्बिर अपलोड भएको केही समयमै हजारौं लाइक तथा सयौं कमेन्ट आए ।

टु पिसमा प्रस्तुत भएकी पूजाले त्यसका लागि बैंकक नै किन रोजिन् भन्ने कुरा खुलेको छैन । आगामी दिनमा पूजाले खेल्ने फिल्ममा पनि दर्शकले त्यस्तै बोल्ड सिन भएका फिल्म हेर्न पाउँछन् वा पाउँदैनन् भविष्यले नै बताउनेछ ।