१९ कार्तिक २०८३, बिहिबार

बलात्कार गर्न खोज्दा बालिका कराएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-womenदाङ, ८ मंसिर । दाङमा बालिका बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा कास्की पोखरा घर भई त्रिपुर नगरपालिका–१ डेरा गरी बस्ने २३ बर्षीय कुमार बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले मंगलबार नारायणपुर बस्ने ११ बर्षीया बालिकालाई पसलबाट घरतर्फ जाँदै गरेको अवस्थामा जवरजस्ती करणी गर्न खोज्दा बालिका कराए पश्चात उनी भागेका थिए । सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।