१९ कार्तिक २०८३, बिहिबार

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने षड्यन्त्र विरुद्ध रोल्पामा प्रदर्शन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rolpa– जीवन डाँगी

रोल्पा, ८ मंसिर । सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा लगायत केही पहाडी जिल्लाहरुलाई टुक्राउन खोजेको भन्दै रोल्पामा विरोध प्रदर्शन भएको छ ।

मंगलबार सवर्बपक्षीय तथा अन्य सरोकारवाला निकायको आयोजनामा भएको बिरोध प्रदर्शन पिपलचौताराबाट सुरु भई टुडिखेलमा गएर कोणसभामा परिणत भएको थियो ।

रोल्पालाई प्रदेश नं. ५ बाट छुट्याउन पाइदैन, संघियता मर्म विपरितको हर्कत बन्द गर, जनताको भावनाको कदर गर, ऐतिहासिक परिर्वतनमा रोल्पाले खेलेको भुमिकाको सम्मान गर भन्ने जस्ता विभिन्न राष्ट्रिय नारा सहित जुलुस निकालिएको थियो ।

जुलुसमा जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नगरवासी लगायतको सहभागिता रहेको थियो ।