१ कार्तिक २०८३, आइतबार

अति सीमान्तकृत आदिवासीको कथामा  फिल्म  ‘बोनोदल’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bonodal-nepali-moviकाठमाडौं । झापा तथा झापा चारपाने नजिकैको सन्थाल बाहुल्य भएको कल्टु गाउँमा छायांकन गरिएको नेपालकै पहिलो सन्थाल जातिको फिल्म  “बोनोदल ” को ट्रेलर सार्बजानिक गरिएको छ ।

झापाका युवा फिल्मकर्मी किरण खतिवडाले नेपालमै पहिलोपटक अति सीमान्तकृत आदिवासी सन्थाल (सतार) भाषाको फिल्म  “बोनोदल ”  बनाएका हुन् । यो ठुलै चुनौती पनि हो । ‘जन्मदिन’, ‘वचन’ लगायत क्षेत्रीय फिल्म र थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरेको अनुभव किरणले सन्थाल भाषाको फिल्म  “बोनोदल ” मा प्रयोग गरेका छन्। सन्थाल भाषामा सन्थालकै कथालाई समेटेर ‘वोनोदल’ फिल्म बनेको बताए। वोनोदलको अर्थ परिवर्तन हो। खासगरी अशिक्षाका कारण लोप हुँदै र भारत पलायन हुँदै छ यो समुदाय । त्यसैले सिंगो समुदाय परिवर्तन हुन आवश्यक छ। यही कथालाई निर्देशक खतिवडाले फिल्म  “बोनोदल ” मा देखाएका छन् ।

खतिवडाले सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनबारे अध्ययन गरेपछि मात्रै फिल्म निर्माणमा हात हालेको बताए। सन्थाल समुदायमा विद्यमान ‘माझिहडम’ प्रथा फिल्मको प्राथमिकता छ। सन्थल समुदायमा आफ्नै न्यायालय छ। त्यसलाई माझिहडम भनिन्छ। यो समुदायका तमाम मुद्दाहरू माझिहडमले हेर्छन् र न्याय दिन्छन् यसै कथा लाई फिल्ममा समाबेस गरिएको ट्रेलर मंगलबार सार्बजनिक गरिएको छ । केहि बिसेष शो पश्चात फिल्म  “बोनोदल ” सार्बजनिक प्रदर्शन गर्ने योजनामा रहेको निर्माण पक्षले बताएको छ ।

फिल्ममा सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको यस फिल्म लाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् । सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको अभिनय बोनोदलमा रहेको छ । इन्स्पायर प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा जिया मरहठ्ठाको लगानी रहेको छ ।