१९ कार्तिक २०८३, बिहिबार

राजनीतिको जोडघटाउमा राष्ट्रिय दायित्व भूल्नु हुँदैन : मन्त्री केसी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsingh-kc-1काठमाडौं, ७ मंसिर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले संबिधानको पूर्ण कार्यान्वयन नभए मुलुक विधिविहीनतातर्फ धकेलिने बताउँदै सबैले दलीय आग्रह त्यागेर राष्ट्रिय स्वार्थका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा मंगलबार आयोजित प्रकाश महाकाव्य विमोचन समारोहलाई सम्वोधन गर्दे मन्त्री केसीले संविधानमा रहेका केही अपूर्णतालाई सहमतिका आधारमा संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

संविधान कार्यान्वयन गर्ने गुरुत्तर दायीत्व पूरा गर्न नसके त्यसबाट सबै पराजित हुने अवस्था आउने बताउँदै मन्त्री केसीले राजनीतिको जोडघटाउमा कसैले पनि राष्ट्रिय दायित्व भूल्न नहुने बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार सबैको सहमतिमा राष्ट्रिय समस्याहरू समाधानमा क्रियाशील रहेको बताउँदै सहमति र सहकार्यको भावनाबाट प्राप्त उपलव्धिको संरक्षण पनि सहमतिमै हुनुपर्नेमा जोड दिए ।

एन.डी.प्रकाश चटौत स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सहरी विकासमन्त्री केसीले स्वर्गीय एन.डी.प्रकाशको संस्मरणमा लेखिएको प्रकाश महाकाव्यको विमोचन समेत गरेका थिए ।