१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डले बालुवाटार बोलाएर ‘अहंकारी’को आरोप लगाएपछि ओलीले के भने ?

15.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-prachanda

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटार बोलाएर शीर्ष नेताको बैठकमा ‘अहंकारी’को आरोप लगाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएको खुल्न आएको छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले ‘अहंकारीको आरोपलाई हामीले गम्भीर रुपमा लिएका छौं’ भनेका थिए । यति भनिसकेपछि एमाले नेताहरु बाहिरिएका थिए ।

‘ओलीजीले अहंकारी शब्दलाई गम्भीर रुपमा लिएको छु भन्ने प्रतिक्रिया दिएर हिंड्नुभयो’ बैठकमा सहभागी नेता श्रेष्ठले भने ।

संविधान संशोधनमा सहमति जुटाउन भन्दै प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा एमालेले संशोधनमा साथ दिन नसकिने निर्णय सुनाएपछि प्रधानमन्त्री ‘अहंकारी’को आरोप लगाएका थिए ।