रामेछाप, ७ मंसिर । रामेछाप जिल्लामा पनि अब करदाता सेवा केन्द्र सञ्चालन गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत चन्द्र कुमार श्रेष्ठले रामेछाप जिल्लामा करदाता सेवाकेन्द्र खोल्नका लागी प्रयास भैरहेको बताए ।
उनले ढिलो चाडो रामेछापमा सेवा केन्द्र संचालन हुने बताए । पाचौ राष्टिकर दिवस सप्ताहाको अवसरमा रामेछाप उद्योग बाणिज्य संघको सहयोगमा आन्तरिक राजश्व कार्यालय भक्तपुरले सदरमुकाम मन्थलीमा आयोजना गरेको र्यालि पछिको अन्र्तक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले रामेछापका करदताहरुका लागि करदाता सेवा केन्द्र अत्याआवश्यक भएको बताए । सेवा केन्द्र संचालन गर्न अर्थमन्त्रालयसँग समन्वयन भैरहेको उनले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय भक्तपुरले साना तथा ठूला कर दाताहरुलाई दिरहेको सेवालाई अझ प्रभावकारी बनाउदै लाने उनले प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत घनश्याम सुवेदीले ब्यवसायीहरुलाई कर तिर्न नडराउन आग्रह गरे । उनले कर ब्यवसायको आधारमा तिरिने भएकोले आम्दानी अनुसार खर्च हुने बताए । उनले आफ्नो ब्यवसायबाट सिर्जित कर अनुसासित र गौरवका साथ तिरेर समृद्ध राष्ट्र निर्माणमा ब्यवसायीहरुले सहयोग गर्नुपर्ने बताए । करको सवालमा अरु जिल्लाको तुलनामा रामेछाप उद्योग बाणिज्य सघको काम उत्कृष्ट भएको उनले बताए ।
कार्यक्रमको अध्यक्ष तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले रामेछापका सबै ब्यवसायीहरुलाई करदाता शिक्षा दिन आवश्यक रहेको बताए । उनले कति ब्यवसायीहरुलाई करका बारेमा पुरा जानकारी नभएका कारण करभन्द पनि जरिवाना धेरै तिर्नु परेको बताए ।
संघका निवर्तमान अध्यक्ष पशुपति बहादुर खड्काले साना तथा ठुला ब्यवसायीहरुले गौरवका साथ कर तिरेर समृद्ध राष्ट्र बनाउनका लागि सहयोग गर्नुपर्ने बताए । उनले ब्यवसायीहरुले कर तिर्दा सिर झुकाएर नभई गर्वका साथ तिर्नुपर्ने बताए । रामेछाप उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष श्याम थापको अध्यक्षता र आन्तरिक राजश्व कार्यालय भक्तपुरको प्रमुख कर अधिकृत कुमार श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको सो अन्तरक्रिया अगाडी मन्थली बजारमा र्यालीको आयोजना गरिएको थियो ।















प्रतिक्रिया