१ कार्तिक २०८३, आइतबार

यो हो संसारकै सबैभन्दा खतरनाक र महंगो हतियार! को-कोसँग छ ?

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

f-35-1

काठमाडौं, ७ मंसिर । अमेरिकाको पाँचौं पिढीको लडाकू विमान एफ–३५ लाइटनिंग युद्धक अभियानहरुका लागि तयार भएको छ ।

यसको घोषणा सोमबार अमेरिकी रक्षा विभागले गरेको छ । यसलाई विश्वकै अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक लडाकू विमान मानिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एफ–३५ विश्व इतिहासको सबैभन्दा महंगो हतियार हो ।

यो फाइटर प्लेनलाई विकसित गर्नका लागि अमेरिकी रक्षा विभागले ४ सय बिलियन डलर खर्च गरेको छ । यो विमानलाई विकसित गर्नमा पेन्टागनलाई १५ वर्षभन्दा बढी समय लागेको छ । यस क्रममा यो सिरिजका कैयौ लडाकू विमान विकसित गरिएका थिए ।

एफ–३५ विमान एक सीट र एक इञ्जन भएको अत्याधुनिक विमान हो । यो विमानले जमिन हमला, टोह लेन, निगरानी र वायु सुरक्षा अभियानजस्ता धेरै काममा कुनै पनि मौसममा हमला गर्नसक्छ । यो विमानको निर्माणको अमेरिकी कम्पनी लाकहिड मार्टिनले गरिरहेको छ ।

अमेरिका यसका अलावा एफ–३५ बी र एफ–३५ सी पनि विकसित गरिरहेको छ ।

f-35  f-35-a