१९ कार्तिक २०८३, बिहिबार

आफ्नै श्रीमतीको हत्या गर्ने आइते पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

भोजपुर, ८ मंसिर । आम्तेक–१ बस्ने ४५ वर्षीय लट्टे भन्ने आईते दमाईलाई आफ्नै ३६ वर्षीया श्रीमती निर्मला दमाईको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दमाई दम्पती बीच सोमबार सोही ठाउँ बस्ने काजी दमाईको छोराको घरमा गई न्वारान खाई फर्कने क्रममा विवाद भई झगडा हुँदा निर्मला दमाई बारीको कान्लामुनी लड्न गई कन्चटमा चोट लागेर गम्भीर घाइते भएकीले उपचारको लागि भोजपुर सदरमुकाम लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।