– अनिल खत्री
गुल्मी । मंसिर महिना लगनको महिना सुरु भएसँगै पञ्चेबाजाका गीतसंगीतहरु बजारमा आउन थालेका छन् ।
चर्चित लोक गायक बद्री पंगेनी र सकुन्तला थापाको ‘ट्यान्कुटी ट्यान्कुटी झ्याँइ’ पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । मंसिर महिना लगनको महिनालाई मध्यजनर राखेर तयार पारिएको गीतमा गीतकार एकनारायण भण्डारी दुलहा बनेका छन् । पञ्चेबाजामा आधारित गीतमा बेहुलाको अभिनयमा उनि देखिएसंगै उनको सर्बत्र बिबाह भएको चर्चा छ ।
पञ्चेबाजाको गीतमा बेहुला पक्षको लोकन्ते र बेहुली पक्षकी लोकन्तीबीचको रमाइलो कथा बस्तुमा गीत तयार भएको गितकार एकनारायण भण्डारीले बताए । भिडियोमा पनि स्वयं गितकार भण्डारी बेहुला बनेका छन् भने उक्त गितमा स्वर दिएका गायक गायिका बद्री पंगेनी लोकन्ते अनि गायिक शकुन्तला लोकन्ती अभिनयमा लोकप्रिय भिडियो निर्देशक शंकर बिसी र मोडल अञ्जली अधिकारीले मोडलिङ्ग गरेका छन् ।
सितारा म्यूजिकको प्रस्तुतीमा सार्वजनिक भएको गित केहि दिनमै धेरै दर्शक श्रोताको मन जितेको गितकार भण्डारीले बताए ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया