दैलेख, ७ मंसिर । दैलेख जिल्लाको ज्वालामालिका गाउँपालिकाको माग गर्दै मालिका, गौरी र कालभैरब गाविसका स्थानीयले यातायत बन्द गरेका छन् ।
स्थानीय तह पुनःसंरचना प्राविधिक समिति लगायत जिल्लाका राजनीतिक दलहरूले स्थानीय परामर्शविना पुनःसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी र कालभैरबका गाविसवासीले आजदेखि विभिन्न दवावमुलक कार्यक्रम अगाडि बढाएका हुन् ।
माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले गाविसको कामकाज बन्द गराइएको छ । स्थानीय विद्यालय पनि बन्द भएका छन् ।
माग सुनुवाई नभएपछि दबाब दिन जिल्लाको यातायत बन्द समेत गर्नुपरेको आन्दोलनरत पक्षको भनाइ छ ।
दैलेख–सुर्खेत सडकखण्डको माथिल्लो डुंगेश्वरमा मंगलबार बिहानैदेखि चक्काजाम गरिएको छ ।
माग सम्वोधन नभए बुधबारदेखि जिल्ला विकास समिति घेराउ र ९ गतेदेखि जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी गर्ने जनाइएको छ ।













प्रतिक्रिया