काठमाडौं, ७ मंसिर । राप्रपाकी नेतृ एवम् गायिका कोमल ओली राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुर प्रस्थान गरेकी छिन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सोमबारको पार्टी एकीकरण कार्यक्रममा राप्रपाको सदस्यता लिइ पार्टी प्रवेश गरेकी ओली अध्यक्ष थापाको गृह जिल्ला मकवानपुरको हेटौँडा प्रस्थान गरेकी हुन् । उनको यो भ्रमण पार्टीसँग सम्बिन्धित भने होइन । उनी सांस्कृतिक कार्यक्रममा भाग लिन प्रस्थान गरेकी हुन् ।
गायिका ओली सांगीतिक कार्यक्रममा भाग लिन मकवानपुर जान लागेको फेसबुक स्ट्याटस लेखेकी छिन् । ‘मकवानपुरे सोल्टीनीहरू !! सोल्टीज्यूहरू !! तपाईकी प्यारी सोल्टीनी आउँदैछु है, हेटौँडामा आज । मैले गाउने तपाईहरू नाच्ने ! हुन्छ ।’















प्रतिक्रिया