रोल्पा, ७ मंसिर । मंसिर महिना सुरु भए लगत्तै रोल्पाका केही गाविसका गाउँमा रोजगारीका लागि इटाभट्टामा जाने क्रम सुरु भएको छ ।
मंसिर लगत्तै काठमाडौँ लगायतका बिभिन्न शहरी क्षेत्रहरुका इटाभट्टामा मजदुरीका लागि जाने प्रचलन जस्तै बनेको छ ।
अभिभावकसँगै स–साना वालवालिकाहरु पनि स्कुल छाडेर इटाभट्टामा जाने गर्दा उनीहरुको भविष्य संकटमा पर्ने गर्दछ ।
एकातिर पढाई छुट्ने अर्कोतिर जोखिम मोलेर काम गर्दा असुरक्षित जीवन जीउनुपर्ने आफुहरुको बाध्यता रहेको इटाभट्टामा जाने बालबालिकाहरुको गुनासो रहेको छ ।
मंसिर महिना सुरु भए लगत्तै गाउँमा हुने अधिकांस विवाह वालविवाह भईरहेका हुन्छन् । कानूनले १८ वर्षभन्दा मुनिकालाई वालवालिका मानेपनि गाउँमा १५-१६ वर्ष उमेर समुहका वालवालिकाहरुले नै विवाह गरेको पाईन्छ ।
















प्रतिक्रिया