२ कार्तिक २०८३, सोमबार

मेल्लेक टावरमा समस्या आउँदा सायल क्षेत्र सञ्चारविहीन

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solar-pata

– झलक पाली

डोटी, ६ मंसिर । डोटीको पश्चिम उत्तरी क्षेत्रमा पर्ने खातीवडा गाविसको मेल्लेकमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि त्यस आसपासका जनता ४ दिनदेखि सञ्चारविहीन भएका छन् ।

टावरका खराबीपछि सायल क्षेत्रमा पर्ने डौड, तोलेनी, दहकालिकास्थान गाविसमा सञ्चार सेवा पूर्ण रुपमा ठप्प भएको र खातिवडा, बाझककानी, कालिकास्थान, गिरीचौका, छपाली लगाएत क्षेत्रका बासिन्दा समेत सञ्चार सेवाबाट प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

चार दिनबाट लगातार नमस्ते फोन टावरमा नेटवर्क नभएको भवानी उच्च माध्यमिक विद्यालय तोलेनीका शिक्षक जयराज रोस्याराले बताए ।

लगातार लामो समयसम्म सञ्चार सेवा अवरुद्ध हुँदा कहिं कतै सम्पर्क हुन नसकेपछि स्थानीय बासिन्दा आक्रोशित पनि भएका छन् ।

अहिले त्यस क्षेत्रमा कुनै कुनै ठाउँमा मात्र स्मार्ट फोनले काम गरिरहेको स्थानीयले बताएका छन् ।

नेपाल टेलिकम श्रोतका अनुसार उक्त टावरमा रहेको सोलार पातामा स्थानीय बासिन्दाले नै तोडफोड र चोरी गरेपछि बारम्बार समस्या आउने गरेको छ ।

टावरको छिटो मर्मत सम्भार गरी सञ्चार सेवा सुचारु गर्नरपर्ने र टावरमा ढुङ्गामुढा हानेर तोडफोड एवं चोरी गर्ने व्यक्तिको तत्काल खोजी गरि कडाभन्दा कडा प्रशासनिक कारवाही गरिनुपर्ने नेकपा माओवादी केन्द्रका युवा नेता तथा स्थानीय बासिन्दा तेज डुम्रेलले माग गरेका छन् ।

बिटिएस टावरको रेडियोमा समस्या आएको हुनसक्ने टेलिकम श्रोतले जनाएको छ ।
यस विषयमा नेपाल टेलिकम दिपायलका प्राविधिक महेश रावलले मंगलबार बिहानै टावरतर्फ गएर मर्मत गरिने बताए ।

बारम्बार स्थानीयले तोडफोड गर्ने र सरसामान चोरी गरेमा त्यस क्षेत्रमा टावर नराखिने पनि नेपाल टेलिकमको आन्तरिक श्रोतले जनाएको छ ।