१९ कार्तिक २०८३, बिहिबार

चिनियाँ उच्च आधिकारीको टोली कपिलवस्तुमा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chiness-team– हरि अधिकारी

कपिलवस्तु, ६ मंसिर । चीनको सरकारी टोलीका प्रतिनिधी र वाणगंगा नगरपालिकाका कर्मचारीबीच दुई पक्षीय वैठक वाणगंगा नगरपालिकाको कार्यालय गजेहडामा सम्पन्न भएको छ ।

चीन सरकारबाट आएका ६ जना प्रतिनिधी र वाणगंगा नगरपालिकाका कार्यकारी भेषराज खनालबीच दुई देशीय वैठक सम्पन्न भएको हो । वैठकमा वाणगंगा नगरपालिकासंग चीनको आन्हुई प्रान्तको शहरसंग भगिनी सम्बन्ध निर्माण गर्न आवश्यक तयारी गर्ने बारे छलफल भएको बताइएको छ । वाणगंगा नगरपालिकाले यसअघि नै आन्हुई प्रान्तको शहरसंग भगिनी सम्बन्ध बनाउने उद्देश्यले प्रस्तावना पेश गरिसकेको कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो ।

आन्हुई प्रान्तसंग वाणगंगा नगरपालिकाले भगिनी (दिदि वहिनी)को सम्बन्ध जोडेपछि वाणगंगा नगरको विकासमा सहयोग पुग्ने अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । चिनको प्रान्त सरकारका उच्च अधिकारी साओ गओईले भगवान गौतम वुद्धले २९ वर्ष विताएको ठाउमा आउदा आफुलाई निकै खुशी लागेको वताउनु भयो । वुद्धको गृह जिल्लामा आई संस्कृति, पर्यटनको वारेमा वुझ्न पाउदा राम्रो लागेको बताउदै उहाँले भन्नुभयो, “कपिलवस्तु जिल्ला धार्मिक र पर्यटकिय हिसावले निकै सुन्दर छ ।” चिनको छिचौ नगर विकसित र सांस्कृतिक शहर हो । जहा वुद्धका ४ पहाडहरु छन । ति पहाड मध्ये १ पहाड च्युहा पहाड हो, यस विकसित नगर र वाणगंगा नगरपालिका विच हामी सहकार्य गर्न चाहान्छौ, उच्च अधिकारी हुईले भन्नुभयो ।

आन्हुई प्रान्तसंग वाणगंगा नगरपालिकाको भगिनी सम्बन्धको प्रकृया अगाढि बढेको समेत बताइएको छ । उक्त सम्बन्ध निर्माण भएपछि बुद्धसंग सम्वन्धित स्थलहरुको प्रचार प्रसार, सिकाई आदान प्रदान हुदै यहाँको पर्यटन प्रवर्धन र विकास निर्माणले गति लिने विश्वास लिइएको छ । लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष विष्णु पन्थीको समन्वयमा वाणगंगा नगरपालिकामा चीन सरकारी प्रतिनिधी अध्ययनलागि भ्रमण आएका हुन् ।

बैठकमा चीनको आन्हुई प्रान्तका उच्च अधिकारी साओ गओइ, विदेश विभाग प्रमुख हवाङ्ग इङ्ग लगायतका ६ जना प्रतिनिधीसंग वाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनाल, इन्जिनियर, पत्रकार, नागरिक समाज, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

टोलीलाई पंचेबाजा, विद्यार्थी, आमा समुह लगायतका फरक फरक संस्कृति र भेषभुसामा सजिएका समुहहरुले स्वागत गरेका थिए । चिन र कपिलवस्तुको आ आफ्नो पहिचान सहितको उपहार समेत प्रदान गरिएको थियो ।