काठमाडौं, ६ मंसिर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीसंग नेपालका लागि फ्रान्सका राजदूत यूभिस कार्मोनाले शिष्टाचार भेट गर्नुभएको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय सहयोग अभिबृद्धी र नेपालको सहरी विकासमा सहयोगको क्षेत्र बिस्तारका सम्बन्धमा छलफल भएको मन्त्री केसीका सहयोगी शिव देवकोटाले जानकारी दिए ।
मन्त्री केसीले नेपालको विकास प्रयासमा फ्रान्स सरकारले पुगाउदै आएको सहयोगको उच्च प्रसंसा गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने बिश्वस ब्यक्त गरेका छन् ।
मन्त्री केसीले काठमाडौं उपत्यकालाई यातायात ब्यबस्थापनको समस्यावाट मुक्त बनाउन ४ स्थानमा केवलकार लाइन बिस्तार गर्न लागिएकाले त्यसमा लगानी सहभागिताका लागि आग्रह गरेका थिए ।
भेटका क्रममा राजदूत कार्मोनले नेपाल र फ्रान्सवीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै नेपालको बिकास प्रयासमा फ्रान्स निरन्तर सहयोगी रहने प्रतिबद्धताका साथ काठमाडौंको ब्यबस्थित सहरी विकास र केवलकार लाइन संचालनमा लगानि सहभागिताका लागि फ्रान्स सरकार समक्ष चाँडै प्रस्ताब लगिने वताउनुभयो ।












प्रतिक्रिया