१९ कार्तिक २०८३, बिहिबार

९४ वर्षीय बृद्धा हातबाट एम्बुलेन्स सेवाको शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulance

– गणेश उप्रेती

उदयपुर, ६ मंसिर । भए सम्म केन्द्रका नेता तथा पदमा आशिन भएका ब्यक्तिबाट कामको शुभारम्भ गर्ने प्रबृतिलाई परिवर्तन गर्दै सोमबार उदयपुरमा एम्बुलेन्स सेवाको शुभारम्भ ९४ वर्षीय बृद्धा रत्नबहादुर परियारको हातबाट गरीएको छ ।

त्रियुगा नगरपालीका भित्रमा बसोवास गर्नेै सबै भन्दा बढी दलित बृद्ध ९४ वर्षीय परियारले रिवन काटेर एम्बुलेन्स सेवाको शुरुवात गरीरहँदा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरे, पुर्व राज्यमन्त्री तथा एमाले सांसद मन्जु चौधरी लगाएतले ताली पड्काएर नयाँ अभ्यासलाई स्वागत गर्नु भएको थियो ।

दलित समुदायको बाक्लो उपस्थिती रहेको उद्घाटन कार्यक्रममा यस्ता सेवामुलक कामले आर्थिक सहुंलियतको साथै समाजमा अझै पनि विद्ययमान रहेको समाजिक विभेदलाई कम गर्न भुमिका खेल्ने बत्ताहरुको भनाई छ ।

समाजमा जातिय रुपमा पछाडी पारीएको, आर्थिक अवस्था कमजोर भएका दलित समुदायमा स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्नका लागी १० प्रतिशत छुटको समेत व्यवस्था गरीएको छ । आर्थिक अबस्था कमजोर भएकै कारण कोही पनि दलित समुदायका व्यत्तिहरु मर्न नपरोस भन्दै निजि क्षेत्रबाट गरीएको यस्तो प्रयासले समाजिक उत्तरदायित्वलाई बढाएको कार्यक्रमका सहभागी पुष्प विकले बताउनु भयो ।

१० प्रतिशत छुटले विरामीको परिवारलाई विराटनगरसम्म लैजानुपर्दा करिव ७ सय ५० रुपैया बच्ने र सो पैसाले साधारणतया औषधी खरीद गर्न सहयोग पुर्याउने छ । राज्यले दलित तथा जेष्ठ नागरीकलाई लक्षीत गरेको केही उपचार निशुल्क, केहीमा छुटको व्यवस्था गरेतापनि कतिपय गरीव दलित समुदायले आफ्ना विरामीलाई अस्पतालसम्म पुर्याउन नपाउदा पाएको निशुल्क सेवा सुविधा पनि लिन नसकेको कर्णीमाया परियारको भनाई रहेको छ ।

नेपाल सरकारले प्रयोगमा ल्याएको तिन प्रकारको एम्बुलेन्स सेवामध्ये उदयपुरमा नेत्र ज्योती संघले प्रयोगमा ल्याएको एम्बुलेन्स सेवा ‘ग’ श्रेणीको हो । जहाँ साधारतया अक्सिजनको समेत व्यवस्था गरीएको हुन्छ ।

विरामीको आर्थिक अबस्था हेरेर एम्बु्लेन्स सेवाको संचालनलाई समेत प्रभावकारी बनाउदै दलित समुदायलाई थप छु्टको समेत व्यवस्था गर्न सकिने समाजसेवी तथा नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो।

२०४५ सालमा उदयपुरमा नेत्र ज्योती संघको स्थापना भई विगत ८ वर्षदेखी प्राथामिक स्तरको आँखाको उपचार गाईघाटमै हुन थालेको हो । उपचार अवधीभरी करिव ९० हजार नागरीकले प्राथामिक उपचार सेवा प्राप्त गरेका छन् भने १२ सय जनालाई शल्यकृयाको लागी लाहान पठार्ईएको छ ।

भारतले आफ्नो ७० औ गणतन्त्र दिवषको अबशरमा अगस्ट १५ तारिक दिन भारतिय दुतावास मार्फत एम्बुलेन्सको चाँवी नेत्र ज्योती संघलाई हस्तान्तरण गरेको भएपनि आईतबार गाईघाट ल्याईपु¥याएपछि त्यसालाई शुभारम्भ गर्ने काम सोमबार गरीएको हो । एम्बुलेन्स विशेष आँखाका रोगीहरुलाई लक्षीत गरीएको भएपनि संचालनलाई दिर्घकालिन बनाउन अन्य विरामीहरुलाई समेत सेवा प्रदान गरीने बताईएको छ ।

उदयपुरको प्राथामिक उपचार केन्द्रमा छिमेकी जिल्ला खोटाङ, ओखलढुङगा, सोलुखुम्बुु, सिन्धुली लगाएतमा जिल्लाका नागरीकले उपचार सेवा लिईरहेका छन् । यस्तै जापान सरकारको सहयोगमा उदयपुरमै सुविधान सम्पन्न आँखा अस्पताल समेत निर्माण गर्न लागीएको संघले जानकारी गराएको छ ।