१ कार्तिक २०८३, आइतबार

बालुवाटारमा तीन दलको ‘निर्णायक’ बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatar-3-party-meeting

काठमाडौं, ६ मंसिर । संविधान संशोधनमा सहमति जुटाउन प्रमुख तीनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको निर्णायक बैठकमा प्रतिपक्षी नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित छन् ।

यसगरी गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षामान पुन लगायतका नेताहरु सहभागी छन् ।

मधेसका माग सम्बोधनका लागि मंगलबार वा बुधबारसम्म संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेस गर्ने तयारीका साथ प्रधानमन्त्रीले आजको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।