१९ कार्तिक २०८३, बिहिबार

स्वीडेन जान खोज्दा भारतीयबाट यसरी ठगिए नेपाली युवाहरु, तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauकाठमाडौं, ६ मंसिर । युरोपियन देश स्वीडेनमा वर्किङ भिषामा पठाईदिने भनि बिज्ञापन प्रकाशन गरी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा भारत घर भएका २९ बर्षीय मुकेश कुमार शर्मा, २७ बर्षीय अभिषेक यादब तथा कास्की पुम्दी घुम्दी–२ घर भई चितवन बस्ने २४ बर्षीय रमेश बास्तोला रहेका छन् ।

काठमाडौँ महानगरपालिका–१५ रेडक्रस मार्ग स्थित होटल प्लाटिनम एण्ड स्पाको हलमा नेपाली युवाहरुलाई स्विडेन पठाईदिने भनि रकम समेत मगाई पीडितहरुलाई अन्तरवार्ता लिईरहेको तथा वर्क एसेप्टेन्स लेटर र फारामहरू समेत भराई रहेको अवस्थामा मंसिर ३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बैदेशिक रोजगारीको नाममा दर्जनौं नेपाली युवाहरुलाई ठगी गरेको बुझिन आएको हुंदा प्रारम्भिक अनुसन्धान पश्चात निजहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी बैदेशिक रोजगार विभागमा पठाइएको छ ।