१ कार्तिक २०८३, आइतबार

‘एक चुम्मा…’को चक्करमा फसे गोविन्दा र शिल्पा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ek-chhummaमुम्बई । ‘एक चुम्मा तू मुझको उधार देदे, और बदले में यूपी बिहार ले ले…’ शिप्ला शेट्टी र गोविन्दाको फिल्म छोटे सरकारको यो गीत १९९६ मा सबैभन्दा हिट थियो । तर, अब २० वर्षपछि गोविन्दा र शिल्पाले यसै गीतका कारण सास्ती खेप्नुपरेको छ ।

विहारका मानिसहरुको भावनामा ठेस पुर्याएको भन्दै झारखण्डको पाकुण्ड कोर्टले शिल्पा र गोविन्दासहित ५ जनाविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

झारखण्डका एक स्थानीय वकिलले सन् २००० मा यो गीतमाथि आपत्ति जनाउँदै मुद्दा दायर गरेका थिए । तब झारखण्ड विहारकै एक हिस्सा थियो ।

भारतीय मिडियाका अनुसार यस वर्षको ३० जुनमा मुद्दाको सुनुवाई हुनेवाला थियो तर, कैयौ पत्र पठाउँदा पनि दुबै कलाकार उपस्थित भएनन् । २० जुलाईमा दुबै कलाकारविरुद्ध पक्राउ पूर्जी पनि जारी भएको थियो तर, कुनै एक्शन लिइएन् ।

त्यसपछि १८ अक्टुबरमा कोर्टमा हाजिर हुनका लागि भनियो तर, दुबै हाजिर भएनन् । कोर्टमा पनि हाजिर नभएपछि अदालतले कुर्की अर्थात अन्तरिम आदेश जारी गरेको छ ।

अब प्रक्रियाअनुसार तीस दिनभित्र यदि शिल्पा र गोविन्दा कोर्टमा हाजिर नभए कडा कारवाही हुनेछ ।