
काठमाडौं, ५ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेशको छ दिनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आइतबार फर्किएका वहाँलाई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपालको लागि बंगलादेशका राजदुत, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको उपस्थिती रहेको थियो ।

मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधान सेनापति कात्तिक ३० गते बंगलादेश प्रस्थान गर्नु भएको थियो । भ्रमणको क्रममा महारथी क्षत्रीले बंगलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै, बंगलादेश नेशनल डिफेन्स कलेज लगायत अन्य सैनिक फर्मेसन तथा संरचनाहरुको भ्रमण समेत गर्नु भएको थियो ।
यस किसिमको उच्च सैनिक नेतृत्व वर्गको भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।













प्रतिक्रिया