१ कार्तिक २०८३, आइतबार

आश्रय र अन्जसा लिटिल प्रिन्स एन्ड प्रिन्सेस्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

little-prince

काठमाडौं । १४ औं लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१६ को उपाधि प्रिन्स तर्फ बिनायक स्कुल भक्तपुरका आश्रय रञ्जितले जितेका छन् । यस्तै प्रिन्सेसको उपाधि एक्सिएल स्कुल स्वयम्भुका विधार्थी अन्जसा रिजालले जितेकी छिन् । उपाधि सँगै यी दुईले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे ।

बेटर ग्यालेक्सीले शनिबार राजधानीको नाचघरमा आयोजना गरेको सो प्रतियोगितामा सिनियर प्रिन्सेस तर्फ फस्ट रनर अपको उपाधि निसम लामाले र सेकेन्ड रनरअपको उपाधि बिना लामाले जितिन् । यस्तै प्रिन्सेस जुनियर तर्फ फस्ट रनरअपको उपाधि श्रीया पाठक र सेकेन्ड रनरअपको उपाधि सोनाल बस्यालले जिते ।

यस्तै सिनयर प्रिन्स तर्फ फस्ट रनर अपको उपाधि सम्राज्ञ खडकाले र सेकेन्ड रनर अपको उपाधि आभासा मानन्धरले प्राप्त गरे । यस्तै जुनियर प्रिन्स तर्फ फस्ट रनरअपको उपाधि उदय नगरकोटी र सेकेन्ड रनरअपको उपाधि सौगात श्रेष्ठले प्राप्त गरे । कार्यक्रमको कोरियोग्राफी अभिनेत्री सुरजनी केसीले गरेकी हुन् ।

सोही प्रतियोगितामा बेस्ट हेयर सौरभी थापा, भिवर्स च्वाईस खुसी श्रेष्ठ र शुभेच्छा शेर्पा, ट्यालेन्ट खुसी श्रेष्ठ र प्रत्युस नेपाल, फोटोजेनिक बृतिशा श्रेष्ठ र अभिजित प्रधान, पफर्मेन्स् शुभश्री अर्याल, व्युटिफुल अट्रिन पौडेल, पर्सनालिटी प्रसुन्न खतिवडा, स्माईल भूमिका थापा, इन्टेलिजेन्ट आर्या भट्टराई, क्युटेस्ट श्रेया थापा, कन्फिडेन्ट उदय नगरकोटी र याना श्रेष्ठ बिजेता भए । यस्तै हेयर तर्फ प्रशन्न थापा, वाक तर्फ सौरभी थापा, फ्रेन्ड तर्फ आनन्य आचार्य, स्टाईलिस्टमा सोनी श्रेष्ठ, पँचुआलिटीमा पुजा जोशी र ह्याण्डस तर्फ सौगात श्रेष्ठ बिजेता बने ।

नेपालका मालेका महासचिब सिपी मैनालीले विजेताहरुलाई उपाधि प्रदान गरेको सो कार्यक्रमको निर्णायकमा अभिनेता दिकपाल कार्की, गायकहरु धिरज राई, निर्णय श्रेष्ठ, सँगीत अनिल शाही, कोरियोग्राफर सोफिया महर्जन, व्युटिसियन रुस्का बैद्य श्रेष्ठ, फोटोग्राफर शिबलाल श्रेष्ठ थिए ।