– यज्ञप्रसाद सापकोटा
बर्दिया, ५ मंसिर । बर्दिया जिल्लामा निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाको नवौ अधिवेशनबाट नारायणप्रसाद पराजुली अध्यक्षमा सर्वसम्मतले निर्वाचित हुनुभएको छ ।
हिजो भएको संगठनको नवौ अधिवेशनले पराजुलीको नेतृत्वमा २१ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । संगठनको उपाध्यक्षमा पशुपती घिमिरे निर्वाचित हुनु भएको छ भने महिला उपाध्यक्षमा लक्ष्मी पौडेल निर्वाचित हुनु भएको छ । त्यसैगरी सचिवमा कृष्ण बहादुर विष्ट, सह सचिवमा प्रकाश कडायत, कोषाध्यक्षमा तारा शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा मदन बस्नेत, कलम बहादुर खत्री,जयबहादुर डाँगी, केशर सोमरे, मधु ज्ञावली, चुडामणी विक, माधव घिमिरे, उषा पुन, गोगनसरा आचार्य बलबहादुर रानामगर, उमा अधिकारी, जानकी गैरे, निर्मला आचार्य रहेका छन् । २ जना सदस्यहरु कार्यसमितिको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद पराजुलीले बताउनुभयो ।
संगठनको अधिवेशनले ४ जना केन्द्रिय प्रतिनीधिको छनौट गरेको छ । केन्द्रिय प्रतिनीधिमा दुर्गादत्त बसौला, नारायण प्रसाद न्यौपाने, गोमा पन्त सोमरे र ज्ञानप्रसाद ज्ञावली छनौट हुनुभएको छ ।
अधिवेशनको उद्घाटन शत्रको उद्घाटन गर्दै निजामती कर्मचारी संगठनका केन्द्रिय कोषाध्यक्ष बखतबहादुर खड्काले निजामती कर्मचारीले जनताको सेवा गर्ने राष्टसेवक कर्मचारी भएकोले उनीहरुको सेवा निरन्तर निश्वार्थ रुपमा खटिनुपर्ने बताउनु भयो । उहाँले संगठनमा आवद्ध निजामती कर्मचारीहरुको जिवन विमाको सुरु गरीएको बताउनु भयो । उहाँले संगठन र निजामती कर्मचारीको हक हितका लागि संगठनले हाईडोपावरमा लगानी गर्ने सहकारी संस्थाको स्थापना गरीएको जानकारी गराउनु भयो ।
निजामती कर्मचारी संगठन बर्दिया कार्यासमितिका अध्यक्ष दुर्गादत्त बसौलाको सभापतित्वमा भएको उद्घाटनशत्रमा विशेष अथिति जिल्ला अदालत बर्दियाका श्रेस्तेदार हिरण्य प्रसाद भण्डारी, निमित्त प्रमुख जिल्ला अधिकारी श्री नाथ पौडेल हुनुहुन्थ्यो भने कार्यक्रममा केन्द्रिय सदस्य द्धय यम खत्री, मञ्जु कोईराला, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख, पार्टी प्रतिनीधि, पत्रकार र निजामती कर्मचारी लगाएतकाको उपस्थीती रहेको थियो ।
कार्यक्रममा २०६५ सालमा दुव्यावहारमा परेपनि संघर्ष गरेर काम गर्नु भएका खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय निजामती कर्मचारी छवि बास्तोला, भरत गौतम र तत्कालिन खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका निजामती कर्मचारी रुद्रप्रसाद थानी र नारायण प्रसाद न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।













प्रतिक्रिया