१९ कार्तिक २०८३, बिहिबार

शैक्षिक कोष बनाउन उपन्यासको चर्चा कलेज-कलेजमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

punargaman-sabin

दाङ, ५ मंसिर । असहाय/अशक्त बालबालिकालाई पढाउनका लागि कोष निर्माण गर्ने उद्देश्यले प्रकाशन गरिएको पुनरागमन उपन्यास यतिबेला दाङका सबै जसो विद्यालय एवं संघसंस्थाका दिनहुँ जसो छलफल हुन थालेको छ ।

यहीक्रममा उपन्यासकार सविन प्रियासनको उपन्यास पुनरागमनको घोराहीस्थित दिपशिखा कलेज र गल्र्स होस्टेलमा चर्चा गरिएको छ । घोराहीको दिपशिखा र माथिल्लो भरतपुर टोलमा रहेको मार्गदर्शन गल्र्स होस्टलमा एक कार्यक्रमको आयोजना गरेर चर्चा गरिएको हो ।

यस अगाडि उक्त उपन्यासको घोराहीस्थित भिक्टोरिया कलेज, मार्क कलेज र दाङ भ्याली कलेजमा पनि विशेष कार्यक्रम गरी चर्चा गरिएको थियो । उपन्यास चर्चा कार्यक्रममा उपन्यासको बारेमा चर्चा गर्दै साहित्यकार नवीन अभिलाषीले उत्साह, उत्पे्ररणा, संघर्ष र प्रेमलाई केन्द्रविन्दु बनाएर लेखिएको पुनरागमन उपन्यास विद्यार्थीहरुका लागि झन् पढ्नैपर्ने उपन्यास भएको बताउनुभयो । पत्रकार महिलाको संघर्ष र प्राप्त गरेको सफलताको बारेमा लेखिएको पुस्तकले जीवनमा सधैँ निरासा र कमजोर मानसिकताबाट टाढा राख्नको लागि उपन्यासले सहयोग गर्ने बताउनुभयो । महिला भएकै कारणले धेरै पछाडि हुनुपर्ने नेपाली सामाजिक परम्पराको बिरुद्ध उपन्यास रहेकाले छात्राहरुका लागि उपन्यास महत्वपूर्ण रहेको अभिलाषीले चर्चा गर्नुभयो । कार्यक्रममा उपन्यासकार सविन प्रियासनले सामाजिक रुपान्तरणका लागि आफूले कलम चलाउँदै आएको बताउनुभयो । उहाँले महिलाहरु सामाजिक रुपले पछाडि परेकोमा आफूलाई सधैँ ग्लानी हुने बताउँदै आफू पत्रकार भएकाले यस विषयमा धेरै कुरा जानकारी रहेको भन्दै पत्रकार महिलाको बारेमा उपन्यास तयार पारेको बताउनुभयो ।

punargaman-sabin-1

साथै नेपाली रजतपटकी नायीका नम्रता श्रेष्ठको जीवनमा आधारित नम्रता उपन्यास लेख्दै गर्दा पुनरागमन लेखिएको बताउनुभयो । अहिले लक्की चार्म नामक उपन्यास विएन पुस्तक प्रकाशनबाट बाहिर आउन थालेको जानकारी गराउँदै अर्को सेल्फी उपन्यास लेखनकै चरणमा रहेको उहाँको भनाइ थियो । पछिल्लो समय उपन्यास लेखनमै व्यक्त रहेको भन्दै उहाँले लेखनबाट प्राप्त भएको रकम सामाजिक कामका लागि खर्च गर्ने बताउनुभयो ।

पुनरागमन उपन्यासबाट प्राप्त भएको रकम असहाय बालबालिकाहरुको शिक्षामा खर्च गर्ने उहाँले बताउनुभयो । होस्टेलका सञ्चालक मानबहादुर सिंह र मंगला रानाले कार्यक्रमले छात्राहरुमा केहि गर्नुपर्छ भन्ने उर्जा थप्ने काम भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । होस्टेलकी छात्रा सिन्धु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार दीपक जीएम आर्जव र फोटो पत्रकार अभिलाष राजभण्डारी पनि सहभागी रहनुभएको थियो ।

punargaman-sabin

दिपशिखा कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले सामाजिक कार्यका लागि निकालिएको पुनरागमन पाठकका लागि समेत उत्कृष्ट रहेकाले सबैलाई पुस्तक पढ्न अनुरोध गर्नुभएको थियो । सो अबसरमा क्याम्पस प्रमुख प्रतिराज बस्नेतलगायतकाले बोल्नुभएको थियो ।

उपन्यासको विशेष चर्चाका लागि घोराही, तुलसीपुर, देउखुरीका विद्यालय कलेजहरुमा पुग्ने लक्षय रहेको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो ।