२ कार्तिक २०८३, सोमबार

पन्ध्र गाविसमा खानेपानी योजना सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaपाल्पा, ५ मंसिर । पाल्पा जिल्लाका १५ गाविसमा १६ वटा खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएका छन् ।

पाल्पाका ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), सामाजिक स्रोत विकास केन्द्र नेपाल, विकल्प तथा सरसफाइ कोष विकास समितिबीच जिल्लामा आगामी १८ महिनाको अवधिमा सम्पन्न हुनेगरी १६ खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएको हो । खानेपानीको योजना सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाले सहज रुपमा खानेपानीको प्रयोग गर्न पाउनेछन् ।

पन्ध्र गाविसमा १६ वटा योजना सञ्चालन गर्न फन्डबोर्डले योजना स्वीकृत गरेपछि परियोजना सञ्चालित गाविसले पूर्ण सरसफाइ र शुद्ध पिउने पानीको पहुच पु-याउने गरी कार्यक्रम अघि बढेको छ ।

पहिलो चरणमा फन्डबोर्डले रु एक लाख ५० हजारका दरले पूर्ण सरसफाइ उन्मुख गाविस बनाउन सहयोग गर्नेछ । दोस्रो चरणमा शुद्ध पिउने पानी उपलब्ध गराउन खानेपानी योजना सञ्चालन गरिने छ ।

सामाजिक स्रोत विकास केन्द्रले पा“च गाविसमा छवटा योजना सञ्चालन गर्नेछ । पा“च गाविसका ८०३ घरधुरीका पाँच हजार ४२ जनसङ्ख्याले सफा, स्वच्छ, सुरक्षित पिउने पानी उपलब्ध हुनेछ । ‘एक घर एक धारा’ नीति निर्माण रहेको छ । खानेपानी योजनाका लागि पाँच प्रतिशत नगद र २० प्रतिशत श्रमदान स्थानीय उपभोक्ताले गर्ने छन् ।

रेडाले मुझुङमा ६९, पालुङ्मैनादीमा ९४, नायरनमतलेसमा १४०, देवीनगरमा ७१, बन्दीपोखरामा ७७, तेल्घामा ७१, रिङ्नेरहमा ५३ घरधुरी लाभान्वित हुनेगरी खानेपानी योजना सञ्चालन हुनेछ ।

विकल्पले जिल्लाको ताहुँमा रम्भादेवी लिÏट खानेपानी योजना सञ्चालन गरेर १५७ घरधुरीलाई लाभान्वित गर्नेछ । सोमादीको जुकेखोला लिÏटबाट १०७ र सिद्धेश्वरको झेर्दी लिÏट योजनाबाट १०६ घरधुरी लाभान्वित हुने विकल्पका कार्यक्रम प्रमुख दिवाकर पाण्डेयले बताउनुभयो । रासस