१९ कार्तिक २०८३, बिहिबार

राहत शिक्षक अछामको अध्यक्षमा स्वार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tapendra-swar– टेकराज भण्डारी

अछाम, ५ मंसिर । नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको अध्यक्षमा तपेन्द्र स्वार सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको तेस्रो जिल्ला अधिबेशनको बन्द सत्रले षोडशादेवी उच्च माविमा कार्यरत शिक्षक स्वारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

शनिवार अबेर राति गठीत कार्यसमितिको सहअध्यक्षमा मनिराम महर, महिला उपाध्यक्षमा यज्ञ स्वार तथा पुरुप उपाध्यक्षमा टेकबहादुर थ्यायत र मनिराम तिमिल्सेना चयन हुनुभएको छ ।

समितिको सचिवमा कुलराज जोशी, कोषाध्यक्ष जनक कुँवर, सहसचिवमा जगदिश खड्का तथा महिला सहसचिवमा पम्फा रावल चयन हुनुभएको छ ।

समितिमा जिल्लाका १४ वटै श्रोतकेन्द्रबाट श्रोत केन्द्र संयोजक रहने गरी जिल्ला सदस्य चयन गरिएको छ ।

जसमा धु्रवराज धमाला धमाली, बिष्णु तिमिल्सैना कालागाउँ, तारमाान रावल मंगलसैन, केशवराज जोशी श्रीकोट, रामबहादुर साउँद पायल, लोकबहादुर बोगटी घुघुरकोट, लक्ष्मीकान्त न्यौपाने नेटाकोट, चन्द्र खड्का मेल्लेख, बुुद्धिसिंह लुहार बयालपाटा, गोकुल साउँद जयगढ, मीनराज रिमाल हिच्मा, बृख विक बिनायक, नरेन्द्र बहादुर विक ढाँकु रहेका छन् ।

बन्द सत्रले सल्लाहकार संयोजक शारदा चलाउने रहने गरी शंकर रावल, मदन बोगटी, धनबहादुर केसी र धनबहादुर बोहरा रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई केन्द्रीय अध्यक्ष गोकुल रोकायाले सपथ ग्रहण गराउनुभएको थियो ।