२ कार्तिक २०८३, सोमबार

पर्यटक तान्न कञ्चनजंघा हीरक महोत्सव ताप्लेजुङमा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsc03494– राजेन्द्र श्रेष्ठ

काठमाडौ, ५ मंसिर । सरकारले तय गरेको घुमफिर वर्ष सफल बनाउन अहिले ताप्लेजुङबासी कम्मर कसेर लागेका छन् । कञ्चनजंघा हिमाल आरोहण गरेको ६० वर्ष पुगेको अवसरमा ताप्लेजुङको सुकेटारमा आउँदो मंगलबारदेखि बिहीबारसम्म कञ्चनजंघा हीरक महोत्सव मनाउन भब्य तयारी भई रहेको छ ।

विश्वको तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमालमा सन् १९५५ मे २५ तारिखमा जर्ज क्रिस्फोटर व्याण्ड र जो ब्राउनले चार्लस इभान्सको नेतृत्वमा कञ्चनजंघा हिमालको आरोहण भएको थियो । सोही आरोहणको ६०औं वर्षगाँठको अवसरमा महोत्सबको आयोजना गरिएको हो ।

पूर्वको सुन्दर हिमश्रृङ्खलामा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको स्वदेश तथा विदेशमा प्रसार प्रचार गर्ने उद्देश्यले महोत्सबको आयोजना गरिएको महोत्सव आयोजक समितिले प्रचार प्रसार संयोजक रमेश बरालले बताए ।

कञ्चनजंघालाई देश तथा विदेशमा प्रचार प्रसार गरी जिल्लाको विकासको ढोका खोल्ने उद्देश्यले महोत्सव मनाउन लागिएको हो । जिल्लामा ८ हजार भन्दा बढी अग्ला ४ वटा र ७ हजार भन्दा बढी ११ बटा हिमालहरुको अवलोकन गर्न तथा पर्वतारोहण गर्न सकिन्छ । भने पाथीभरा देविको दर्शन गर्न पनि अहिलेको समय उपयुक्त हुने ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

naurउनले महोत्सबमा विविध कार्यक्रम गर्न आयोजकको तयारी रहेको समेत बताए । पर्वतारोहीलाई सम्मान, सरसफाई, सास्कृतिक कार्यक्रम, ब्यापारिक मेला, साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रम, कञ्चनजंघा हिमालको अवलोकन, वृत्तचित्र तथा तस्वीर प्रदशनी स्वास्थ्थ शिबिर लगायतका कार्यक्रमहरू गरिने बताए ।

तीन दिनसम्म चल्ने महोत्सवमा कञ्चनजंघा पदमार्गको सरसफाई, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, प्याराग्लाइडिङ, खाद्य परिकार तथा बृतचित्र प्रदर्शन लगायतको कार्यक्रम राखिएको प्रचार प्रसार संयोजक बरालले जानकारी दिएका छन ।

जिल्लाको विभिन्न पर्यटकिय क्षेत्रको घुमफिरको लागि हेलिकोप्टरको ब्यवस्था गरिएको आयोजक समितिले जनाएका छन । कञ्चनजंघा क्षेत्र पर्यटकिय, सामाजिक तथा सास्कृतिक रुपमा सुन्दर भएपनि पर्याप्त प्रचार प्रसारको कमि तथा भौतिक पूर्वाधारको अभावले अपेक्षित प्रगति हुन नसकेको कारण महोत्सव गरी बढी भन्दा बढी पर्यटक ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा भित्रयाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका सचिव बल बहादुर तामाङले बताए ।

ssl14849कञ्चनजंघा क्षेत्र दुर्लभ हिम चितुवा,रेड पाण्डा,विभिन्न जडिबुटीको लागि प्रसिद्ध मानिन्छ । जिल्लामा पर्यटकको मन तान्ने प्रसिद्ध पाथीभरा मन्दिर,फुङफुङे झरना,सोदो पोखरी,तिम्बुङ पोखरी,दुध पोखरी,सिजेमा ताल,ओलाङचुङगोलाको ऐतिहासिक ढिकिछोलिङ गुम्बा प्रमुख आर्कषणको केन्द्र रहेका छ ।

जिल्लामा पुग्नेका लागि काठमाण्डौबाट हवाई सेवा तथा बस सेवा सञ्चाललन रहेको छ । महोत्वस सफल बनाउनका लागि शनिवार काठमाण्डौंमा रयाली निकालिएको थियो भने महोत्वस बनाउन आउने विदेशी पर्यटकहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । महोत्सवको आज उद्घाटन प्रधानमन्त्रीले गर्ने आयोजक समितिले जनाएको छ ।