मुम्बई । पत्नी एवं बलिउड आइटम गर्ल मलाइका अरोरासँग सम्बन्ध विच्छेद गरेका सलमान खानका भाई अरबाज खान पहिलोपटक परस्त्रीसँग देखिएका छन् ।
उनले बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीसँग समुद्रको किनारमा बसेर रमाइलो गरिरहेको फोटो इंस्टाग्रामबाट सार्वजनिक गरेका छन् ।
फोटो क्याप्शनमा अरबाजले लेखेका छन्– ‘खूबसूरत सन्नी लियोनीसँग फिल्म ‘तेरा इंतजार’को सेटमा ।’
सन्नी र अरबाज निर्मार्णाधिन फिल्म ‘तेरा इंतजार’मा पहिलोपटक एकसाथ देखिँदैछन् । फिल्मको शुटिङ हाल मारीशसमा चलिरहेको छ ।
















प्रतिक्रिया